ढाका, १६ माघ । डुङ्गा दुर्घटनामा परी बङ्गलादेशमा आठकोे मृत्यु भएको छ ।बङ्गलादेशी यात्रुहरू सवार रहेको एक डुङ्गा बिहीबार दुर्घटना हुँदा बेपत्ता भएका व्यक्तिहरु मध्ये शुक्रबार आठ जनाको शव प्राप्त भएको हो ।
माछा मार्न प्रयोग गरिने एक डुङ्गामा क्षमताभन्दा बढी सङ्ख्यामा बङ्गलादेशी यात्रुहरू सवार रहँदा बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।
मलेसियातर्फ जान लागेका १०० भन्दा बढी बङ्गलादेशी आप्रवासी बोकेको सो डुङ्गा बङ्गलादेशको तटीय क्षेत्रमा दुर्घटना हुँदा दर्जनौँ व्यक्ति बेपत्ता भएका थिए ।
तटीय गार्ड, नौसेना र प्रहरीले ४३ जना व्यक्तिलाई उद्धार गरेको जनाएको छ । बेपत्ता रहेका व्यक्तिलाई सुरक्षित उद्धार गर्नका लागि तटीय गार्ड नौसेना र प्रहरी लगातार अझै पनि उद्धार कार्यमा संलग्न रहेका जनाइएको छ ।
सो डुङ्गामा सवार रहेका सबै यात्रु बङ्गलादेशी नै भएका र ती सबै गैरकानुनी तरिकाबाट मलेसियातर्फ गइरहेका बताइएको छ ।
सो डुङ्गामा सवार रहेका यात्रु गैरकानुनी रुपमा मलेसिया प्रवेश गर्न लागेका र उनीहरुसँग प्रवेशाज्ञा नभएको जनाइएको छ ।













प्रतिक्रिया