२९ आश्विन २०८३, बिहिबार

सरकारी कर्मचारीको न्युनतम तलब २१ हजार पुग्यो !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

government-task-civil-service-serventनयाँदिल्ली १६ माघ । बढ्दो मंहगी र प्रविधिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीको न्युतम तलब बढेर २१ हजार पुगेको छ ।

छिमेकी देश भारतमा तल्लो तहका सबै कर्मचारीको न्युनतम तलब २१ हजार दिने निर्णय गरिएको हो ।

दिल्लीमा हुन लागेको चुनावलाई समेत लक्षित गरी सत्तारुढ भारतीय जनता पार्टीले सबै कर्मचारीको तलब न्युनतम २१ हजार दिईन लागिएको हो ।

भारतले २०१६ मा कर्मचारीको तलब दोब्बर बनाउने तयारी गरेपनि सत्तारुढ भारतीय जनता पार्टीले चुनावलाई लक्षित गर्दै भारत सरकारले तलब बढाएको घोषणा गरेको छ । न्युनतम तलब बढेपछि कर्मचारीले खुशी मनाएका छन् ।

सामाजिक सञ्जालमा समेत सो कदमको स्वागत गरिएको छ । नेपालले भने कर्मचारीको न्युनतम तलब भारतको तुलनामा ५० प्रतिशत भन्दा पनि कम छ । दिनानुदिन मंहगी बढेपनि नेपालका कर्मचारीले पुरानै कम तलबमा काम गर्न बाध्य छन् । एजेन्सी