२९ आश्विन २०८३, बिहिबार

ओरालो लागेपछि सेयर बजारमा कारोबार बन्द, वित्तीय संस्थालाई ठूलो नोक्सान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_stock_exchange-Share-Bazar

काठमाडौं, १५ माघ । सेयर बजारमा ४१ अंकले नेप्से ओरालो लागेपछि कोरोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा विहीबार ४१ अंक घटेर ९ सय ८६ मा झरेको छ ।

झण्डै सात अंकले बढेको नेप्से कारोबारमा कमी आएपछि एक अंकले घटेर बन्द भयो। बैंकिङ, विकास बैंक, बीमा र उत्पादन समूहका लगानीकर्ताले विहीवार नोक्सानी व्यहोर्नु पर्यो । अन्य समूहको सूचकमा कुनै परिवर्तन नभए पनि यी संस्थालाई नोक्सान भएको हो ।

होटेल, जलविद्युत र फाइनान्स कम्पनीले थोरै मात्रा भएपनि लगानीकर्ताको हातमा सेयर परेको छ । १ सय ४३ कम्पनीले विहीवार सेयर बजारमा कारोवार गरेका छन् । १८ लाख ७६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । ६५ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको बजारमा कूल ३ हजार २७ कारोबार हुन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले विहीवार सेयर किनवेच गर्ने मौका पायो । तर संस्थापक सेयर मात्रै । राष्ट्रिय वाणिज्य बैंकबाट खरिद गरेका सेयरलाई इन्भेष्टमेन्टले २९ करोडमा विहीवार बेचेको हो ।

नेपाल बंगलादेश बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, सेन्चुरी कमर्सियल बैंकले पनि अधिकतम कारोबार गरेको नेप्सेले जनाएको छ । सोल्टी होटल चिलिमे हाइड्रोपावर र ग्लोवल आइएमई बैंकले पनि कारोवारमा उल्लेख्य प्रगति गरे ।

ग्राण्ड र प्रभु बैंक गाभिने हल्लासंगै यी दुई बैंकको कारोबार बढेको छ । ३/३ करोडको कारोवार यी बैंकले विहीवार सेयर बजारमा गरे ।

विहीवार धेरै कमाउनेमा हामा फाइनान्स, रष्ट्रिय बीमा संस्थान, जेबिल्स फाइनान्स, पश्चिमाञ्चल विकास बैंक, सिन्धु विकास बैंक तथा सिभिक डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नोक्सान व्यहार्ने विहीवारका संस्थाहरुमा माउन्ट मकालु विकास बैंक, कन्काई विकास विकास बैंक, सहारा विकास बैंक, मुक्तिनाथ विकास बैंकका लगानीकर्ता छन् । वाणिज्य बैंकले पनि एक दशमलव २६ अंकको घाटा व्यहोर्नु पर्यो । सबैभन्दा धेरै सूचक घट्नेमा बीमाको २२ अंक रहेको छ ।