दमासकस, १४ माघ । सिरियाली सैनिकले सिरियाको कयौँ स्थानमा जारी राखेको कारबाहीका क्रममा ६६ जना विद्रोही मारिएका छन् ।
सिरियाली सरकारी समाचार समिति सानाले मङ्गलबार त्यस विषयमा जानकारी दिएको छ ।
दक्षिणी प्रन्त दाराको सैख मिस्किन सहरमा सरकारी सैनिकको कारबाहीको ३५ आतङ्ककारी मारिएको साना समाचार समितिले जनाएको छ ।
अल कायदा आतङ्ककारी समूहसँगआबद्ध नुस्रा फ्रन्टले सैख मिस्किन सहरलाई लक्ष्यगरी आक्रमण गर्दै आएका छन् । नुस्रा लडाकूहरुले सैख मिस्किन सहर नजिकैको एक सैनिक शिविरमा कब्जासमेत गरेको बताइएको छ ।
सिरियाको राजधानीको पूर्वी भागमा पर्ने दोउमा विद्रोहीविरुद्ध सिरियाली सैनिकले जारी राखेको बमबारीमा १५ विद्रोही मारिएका साना समाचार समितिले जनाएको छ ।
त्यसैगरी उत्तरपूर्वी प्रान्त इद्लिबमा सिरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा १६ जना विदेशी लडाकूको पनि मृत्यु भएको सानाले जनाएको छ ।
–सैनिक विमान दुर्घटनामा चारको मृत्यु
भियतनाम, १४ माघ । भियतनामको दक्षिणी सहर हो चि मिन्हमा बुधबार भएको एक सैनिक विमान दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अनलाइन समाचार समितिले जनाएको छ ।
भियतनाम पिपुल्स आर्मीका अनुसार सो विमानमा चार व्यक्ति सवार रहेका र चारैजनाको मृत्यु भएको हो ।
हो चि मिन्ह सहरको तान सोन न्हाट विमानस्थलबाट स्थानीय समयाअनुसार बुधबार बिहान ७ बजे उडेको सो विमानमा आठ मिनेटपछि सम्पर्क हुन नसकेको बताइएको छ ।
उक्त दुर्घटनापछि उद्धार र खोजी कार्य जारी रहनुका साथै सो विमानको दुर्घटनाका कारण अनुसन्धानरत रहेको जनाइएको छ ।













प्रतिक्रिया