२९ आश्विन २०८३, बिहिबार

भारतमा अमिरेकी राष्ट्रपति ओबामाले के भने ? हेर्नुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-speak-54c4ede27a6d5_exlstनयाँ दिल्ली, १३ माघ । भारतको ६६ औं गणतन्त्र दिवसमा सहभागि हुन आउनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारत अमेरिकाको एक राम्रो साझेदार राष्ट्र बन्न सक्ने धारणा राख्नुभएको छ ।

उहाँले भारतीय राजधानी नयाँ दिल्लीमा मङ्गलबार दिएको अभिव्यक्तिका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
उहाँ गत आइतबार भारत आउनुभएको हो । राष्ट्रपति ओबामा सोमबार भारतमा मनाइएको ६६ औँ गणतन्त्र दिवसको विशेष समारोहको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नयाँ दिल्लीमा युवाहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो– मलाई लाग्छ भारत र अमेरिका परम्परागत साझेदार मात्र होइनन्, यी दुई देश सबैभन्दा राम्रा साझेदार राष्ट्रपनि बन्न सक्छन् ।

राष्ट्रपति ओबामाले भन्नुभयो– पक्का पनि भारतीय नागरिकले विश्वमा आफ्नो भूमिका केहो भन्ने बारेमा आफैले निर्णय गर्नसक्छन् ।
आफु किन भारत आएँभन्ने विषयमा स्पष्टगर्दै उहाँले यी दुई देशको राम्रो सम्बन्धका कारण नागरिकले धेरैभन्दा धेरै अवसर प्राप्त गर्नसक्ने र रोजगारीका लागि पनि दुवैतर्फ अवसरहरु प्राप्त हुने बताउनुभयो ।

उहाँले सो कार्यक्रममा भन्नुभयो– हामी दुई प्रजातान्त्रिक देश एकै स्थानमा उभिँदा यी दुई देशमात्र नभएर विश्व नै सुरक्षित हुनेछ ।
राष्ट्रपति ओबामा मङ्गलबारै साँझ साउदी अरेबिया फर्किने कार्यक्रम रहेको छ । मङ्गलबार उहाँ रेडियो कुराकानी, औपचारिक र स्थलगत भ्रमण लगातायका कार्यक्रममा सम्लग्न हुने कार्यक्रम रहेको छ ।