२९ आश्विन २०८३, बिहिबार

फिलिपिन्समा विद्रोही र सुरक्षाबलबीच भिडन्त, ५४ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

filipin

मनिला (फिलिपिन्स), १२ माघ । फिलिपिन्सको दक्षिणी प्रान्त मगुइनदानाओमा मुस्लिम विद्रोही र सुरक्षाबलबीच भएको भिडन्तमा ४९ फिलिपिनी प्रहरीको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

फिलिपिन्सको दुर्गम सहर ममासापानोमा स्थानीय समयाअनुसार आइतबार बिहान ३ बजे मोरो इस्लामिक लिबरेसन विद्रोही लडाकूले सुरु गरेको गोली हानाहानलगायतका झडप ११ घन्टासम्म जारी रहेको बताइएको छ ।

यस झडपका क्रममा विद्रोही पाँचजनाको मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी झडपमा तीनजना सर्वसाधारण घाइते हुनका साथै ५६५ घर परिवार प्रभावित भएको बताइएको छ ।