
एजेन्सी/बेइजिङ, १२ माघ । एक चिनियाँ पत्रिकाले इस्लामिक स्टेटले गरेको जापानी नागरिकको हत्यामा जापानी प्रधानमन्त्रीको सिन्जो अबेको कमजोरी रहेको भनी टिप्पणी गरेको छ ।
एक चिनियाँ पत्रिकाले सोमबारको सम्पादकीयमा जापानी प्रधानमन्त्रीमाथि त्यस्तो दोषारोपण गरेको छ ।
सो पत्रिकाले अपहरित ती जापानी नागरिकको हत्याका लागि जापान सरकारले कूटनीतिक पहल गर्न नसकेको भनेको छ ।
दुईजना जापानी नागरिकको अपहरण गरेको आइएसले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका थिए ।
तर जापान सरकारले फिरौती दिन नमानेपछि दुईमध्येको एकजनालाई उनीहरुले आइतबार शिरछेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीसँग सम्बन्धित रहेको अर्को पत्रिका ग्लोबल टाइम्सले ती जापानीको हत्याका कारण अमेरिकासँगको जापानी निकटताका कारणले हो भनी टिप्पणी गरेको छ ।
हत्याको विश्वका नेताहरुले कडा शब्दमा निन्दा गरेका छन् । उता जापानले भने हत्याका बारेमा पुष्टि गर्ने काम भइरहेको जनाएको छ ।













प्रतिक्रिया