२९ आश्विन २०८३, बिहिबार

मिसेल ओबामालार्इ एकसय सारी उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Michelle-Obama
नयाँ दिल्ली, ११ माघ । भारत भ्रमणमा आउनु भएका अमेरिकी प्रथम महिला मिसेल ओबामालाई भारतीय सारी उत्पादनकर्ताहरुले हस्त निर्मित १०० वटा सिल्कको सारी उपहार दिने योजना बनाइरहेका एक स्थानीय व्यापारीले जानकारी दिएका छन् ।

मिसेल ओबामा तीन दिने भ्रमणको क्रममा उहाँका श्रीमान् अमेरिकी राष्ट्रपति बाराक ओमाबासँगै आइतबार भारतको राजधानी नयाँ दिल्ली आइपुग्नु भएको हो ।

सारी उत्पादनकर्ताहरुले महिनौसम्मको कडा मेहनेतले सो सारीहरु तयार गरेको बताइएको छ । उपहार स्वरुप दिइने सारी भारतको प्रख्यात सहर बरानासीबाट उत्पादन हुने अत्यन्त प्रचलित बनारसी सारीहरु रहने बताइएको छ ।

यस सारीहरु उत्पादनमा तीन दशकदेखि संलग्न रहेका परिवार एक सदस्य पेर्भेज माटिनले असली सुन र चाँदीबाट हस्त निर्मित सिल्क सारी रहेको बताउनु भएको छ ।

मार्टिनका अनुसार अत्यन्त सुन्दर र रङ्गीन यस सारीहरु एकको लागत एक लाख ५० हजार भा रु अर्थात दुई हजार ४०० अमेरिकी डलर बराबरको रकम रहेको बताउनुभएको छ ।

यस्ता १ सय सारी राष्ट्रपति ओबामाका साथमा आइतबार आउनु भएकी मिसेल ओबामालाई उपहार दिइने जानकारी दिइएको छ ।

अमेरिकी प्रथम महिला मिसेलले हस्त निर्मित यस विशेष सारीलाई मनपराउनु हुने र उपहार स्वरुप पठाइएक ती सारीहरु आफ्नो इच्छाअनुसार मिसेल छनौट गर्नुहुने माटिनले बताउनुभएको छ । रासस /एएफपी