सुरुङ्गा (झापा), ११ माघ । बिर्तामोड नगरपालिका–१ स्थित वाल्मीकि एजुकेसन फाउन्डेसन नजिकै आइतबार बिहान आगलागी भएको छ ।
आगलागीबाट वसन्त राजवंशीको दुईतले काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिहान ७ः४५ बजेदेखि सुरु भएको आगलागी एक घन्टापछि भद्रपुर र मेची नगर नगरपालिकाका दुई दमकल, स्थानीयवासी तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।
चुलामा खाना पकाउने क्रममा आगो उछिट्टिएर भएको आगलागीबाट मानवीय नभई रु १० लाखभन्दा बढी सामानको मात्र क्षति भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया