२ कार्तिक २०८३, सोमबार

सुपमा पर्यटन सूचना केन्द्र स्थापना नहुँदा अन्योल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अत्तरिया (कैलाली), ११ माघ । सुदूरपश्चिममा पर्यटन सूचना केन्द्र स्थापना नहुँदा यहाँ घुम्न आउने पर्यटक अन्योलमा पर्ने गरेका छन् ।

केन्द्र स्थापना नहुँदा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका बारेमा जानकारी पाउन सकेका छैनन् । पर्यटकीय क्षेत्रका बारेमा वास्तविक जानकारी नहुँदा सुदूरपश्चिममा आउने पर्यटक त्यसै फर्केर जान थालेको कैलाली उद्योग वाणिज्य सङ्घका सचिव जयराज जोशीले बताउनुभयो ।

सुदूरपश्चिममा शुक्लाफाँटा आरक्ष, खप्तड क्षेत्र, मालिका, घोडाघोडी ताल, अपी सैपाल हिमाल, रामारोशन क्षेत्र, चिसापानीलगायत प्राकृतिक क्षेत्र पर्यटकका लागि आकर्षक मानिन्छन् । यस्तै शैलेश्वरी, उग्रतारा, बद्री केदार, पाताल भूमेश्वर गुफा, मालिकार्जुन, बडीमालिका मन्दिर धार्मिक क्षेत्रका रुपमा परिचित छन् भने गर्भा दरबार, कोट भैरव, बझाङ दरबार, गुम्बा ऐतिहासिक रुपमा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।

देशका पाँच विकास क्षेत्रमध्ये सुदूरपश्चिममा मात्र पर्यटकीय सूचना केन्द्र स्थापना नभएकाले यहाँ आउने पर्यटकलाई सही सूचना दिन सो केन्द्रको स्थापनाका लागि जिविस कैलालीलाई आवधिक योजनामा प्राथमिकताका साथ राख्न सुझाव आएको जिविसका सूचना अधिकृत योगेन्द्र ओझाले जानकारी दिनुभयो । रासस