मुस्ताङ, ११ माघ । सामान्यतया कालो रङको हुन्छ । यो कति प्रकारको हुन्छ ? अझसम्म पत्ता लाग्न सकेको छैन । तैपनि लाम्चो, चेप्टो र डल्लो आकारको शालिग्राम प्रत्यक्ष देख्न सकिन्छ ।
हिन्दू धर्मावलम्बीले यसलाई भगवान्को विभिन्न स्वरुपमा पूजा गर्दछन् । विशेष गरी मुस्ताङको दामोदरकुण्डदेखि तनहुँको देवघाटसम्म पाइने बहुमूल्य शालिग्रामको अवमूल्यन हुँदै गएको छ । यसको महत्व बढिरहे पनि त्यसको संरक्षणमा स्थानीय प्रशासनले खासै चासो देखाएको छैन । मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले शालिग्रामको महत्व धेरै भए पनि त्यसको अवैध चोरी निकासी बढ्दै गएको बताउनुभयो । कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिक स्थलसम्म पुग्ने गरेका छन् ।
कागबेनी क्षेत्रमा शालिग्रामको पर्वत नै भएको जिकिर गरिएको छ । उक्त क्षेत्रमा तुलनात्मक रुपले धेरै शालिग्राम पाइने विश्वास गरिन्छ ।
दुई नदीको बीचमा रहेको पर्वतबाट हिउँसँग पग्लेर शालिग्राम गण्डकीमा आउने पुजारी सुवेदीको भनाइ छ । हिन्दू धर्मावलम्बी यसलाई विष्णुका रुपमा मानी पाञ्चायन९गणेश, शिव, विष्णु, देवी र सूर्य० पूजा गर्छन् । हिन्दूबाहेक अन्य धर्मावलम्बीले यसभित्र चाँदी, सुन, तामा र हिरा हुने हुँदा बहुमूल्य भएको जिकिर गर्दै आएको छन् । शालिग्राममा देखिने विभिन्न प्रकारका रेखा तथा चक्र कुनै व्यक्तिविशेषले बनाएको नभई गङ्गामा पाइने एक प्रकारको किराले बनाउने पण्डित भीमनाथ पराजुलीले बताउनुभयो ।
“सत्य कुरा के हो भने, त्यो किरा कृष्णगण्डकी छाडेर कतै जाँदैन” उहाँले भन्नुभयो, “त्यो किरा कतै गएर बस्थ्यो भने त्यहाँ पनि शालिग्राम पाइन्थ्यो ।” शालिग्राम छोइएको पानी पिउँदा शरीरलाई समेत फाइदा पु¥याउने पण्डित पराजुलीको भनाइ छ । “यसमा विभिन्न धातु मिसिएका हुन्छन्, त्यसैले वैज्ञानिकहरुले पनि शालिग्राममा भिजाएको पानी पिउनयोग्य हुने प्रमाणित गरेका छन्”, पराजुलीले भन्नुभयो । रासस
















प्रतिक्रिया