काठमाडौँ, १० माघ । राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा संविधान निर्माणमा देखिएको जटिलताका विषयमा छलफल भएको थियो । निरन्तर संविधान संविधानसभा अवरुद्ध हुँदा नराम्रो सन्देश गएको भन्दै राष्ट्रपतिले त्यसप्रति गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको स्रोतले बतायो ।
यसैगरी, मुलुकको पछिल्लो राजनीतिक अवस्था, माघ ८ गते संविधान जारी गर्न नसक्नाको कारण, समसामयिक राजनीतिक परिस्थिति, संविधानसभामा सहमतिका लागि भइरहेको प्रयासलगायत विषयमा पनि उहाँहरुको लामो छलफल थियो ।
















प्रतिक्रिया