२ कार्तिक २०८३, सोमबार

संविधान जारी गर्न तीन महिना लाग्छ: महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Saran-mahat

नुवाकोट, १० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले संविधान जारी गर्न तीन महिना लाग्ने बताउनुभएको छ । आगामी तीन महिनाभित्र संविधानको मस्यौदा जारी हुने उहाँको दाबी छ ।

बागमती अञ्चलस्तरीय गिरिजाप्रसाद कोइराला स्मृति फुटबल प्रतियोगिताको शनिबार त्रिशूलीमा उद्घाटन गर्दै डा महतले एमाओवादी र मधेसवादी दलका कारण तोकिएको समयमा जनताले नयाँ संविधान पाउन नसकेको र अबको तीन महिनाभित्रमा संविधान जारी हुने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस, नेकपा ९एमाले०लगायत राजनीतिक दलहरु र एमाओवादीको मोर्चाबीच ठूलो मतान्तर नभएपनि विवादित विषयलाई टुङ्ग्याउने पक्षमा एमाओवादी नलागेको आरोप लगाउनुभयो ।