दमक, १० माघ । पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव शनिबार घर ल्याइएको छ ।
कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई शनिबार नै अन्त्येष्टि गरिएको हो ।
उहाँको कन्काई नदीमा किरात धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो ।
काठमाडौँको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगुको मुनर अल ओमान कम्पन्नीमा स्काफोल्डरमा काम गर्दै आएका थिए ।
पाँचथरको याङ्नाम–५ घर भएका उनी लखनपुर–५ को गेउरियाको आफन्तको एक घरमा बस्दै आएका थिए ।
















प्रतिक्रिया