२ कार्तिक २०८३, सोमबार

दुई हजारमा किनेको पेस्तोलले प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १० माघ । डडेल्धुराको प्रहरी चौकी सकायलले मणिलेक गाविस १ बडमका २२ बर्षीय खडकराज अवस्थीलाई अबैध पेस्तोल सहित पक्राउ गरेको छ ।

भारतको पन्जावमा काम गर्दै आएका ती युवकले भारतबाट घर आउँदा लुकाएर पेस्तोल ल्याएको बताएका छन् । भारतीय २ हजार रुपैयामा आफूले किनेको उनले बताए ।

घरका परिवारहरुलाई खेलौना भन्दै ढाँटेको र अन्य गाउँलेहरुलाई मसंग पेस्तोल छ भन्दै हिडेका ती युवकलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले बताए । ती युवकमाथी अवैध हातहतियार प्रयोग सम्बन्धी मुद्दा दर्ता गरिएको र ०७१ माघ ९ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक योगेन्द्रसिह थापाले बताए ।