सिराहा, १० माघ । सिराहाको अयोध्यानगर गाविस वडा नम्बर ४ बाट एक सय किलो गाँजासहित चारजना व्यक्तिलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
घरमा लुकाई राखेको अवस्थामा १ सय किलो गाँजासहित आयोध्यानगर ४ का राजकुमार यादव, औरही ५ का दिनेश साह, अयोध्यानगर ६ का देवनारायण कामत र धनगडी ७ का रामबहादुर दासलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । गाँजा राजकुमार यादवको घरमा लुकाइएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका ४ जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका लहानका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।















प्रतिक्रिया