काठमाडौँ, ९ माघ । एमाओवादीसँग मोर्चाबन्दी गरी संविधानसभामा अवरोध गर्दै आएको संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधान ल्यान नसकेकोमा क्षमा माग्नुभएको छ ।
अध्यक्ष राईले विज्ञप्ति जारी गरी दोस्रो संविधानसभा निर्वाचनको क्रममा जनताबीचमा गरिएको प्रतिबद्धता र संविधानसभाको कार्यतालिकाअनुसार माघ ८ भित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा गर्न नसकिएकोमा पार्टीको तर्फबाट जनतासमक्ष क्षमायाचना गर्नुभएको हो ।
देशको मूल कानुन संविधानजस्तो महत्वपूर्ण दस्तावेज संवाद र सहमतिबाटै निर्माण हुनुपर्छ भन्ने स्पष्ट मान्यता आफ्नो पार्टीको रहेको भन्दै आम न्यायप्रेमी नेपाली जनताको भावनाबमोजिम सङ्घीय संविधान निर्माणका लागि आगामी दिनमा पार्टी निरन्तर क्रियाशील रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको पहिचान र अधिकारबिनाको संविधान जारी गर्ने मनसायका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकेको आरोप लगाएको छ ।
















प्रतिक्रिया