२ कार्तिक २०८३, सोमबार

अहिलेको संविधानसभा असफल हुँदैन : ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधानसभा असफल नहुने बताउनुभएको छ ।

संविधानसभा भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिलेको संविधान असफल नहुने बताउनुभएको हो । ‘अहिलेको संविधानसभा असफल हुँदैन, यो संविधानसभाले संविधान दिन्छ, संविधानसभा संविधान नदिई असफल हुँदैन, यो संविधानले संविधान दिन्छ त्यसमा ढुक्क हुनुभए हुन्छ ।’- ओलीले भन्नुभयो ।

संविधान जारी नहुनुको कारक माओवादी नै रहेको ओलीले बताउनुभयो । ‘के गर्ने एमाओवादीलाई राम्रो शिक्षा दिन सकिएन,’ ओलीले भन्नुभयो, ‘माओवादीलाई घोटेर पिलाएर लाग्छ कि भनेर लागेको छु ।’

‘माओवादीको उदण्ड गर्ने सीमा हुन्छ, यसको पनि अलिकति औद्यी हुन्छ ।’ उहाँको थप कथन थियो ।

अध्यक्ष ओलीले प्रक्रियाबाटै संविधान ल्याउने अठोट पनि व्यक्त गर्नुभयो ।