काठमाडौं ८ माघ । बुधबार आठ सय रुपैयाँले बढेको सुनको भाउ विहीबार भने चार सय रुपैयाँ सस्तो भएको छ ।
विहीबार सुन प्रति तोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ ५४ हजार चार सय रुपैयाँ पुगेको थियो । केहि दिनदेखि सुनको भाउमा तिव्र उतारचढाव आईरहेको छ । चाँदीको मुल्य भने विहीबार पनि स्थिर रहेको छ । चाँदी तोलाको सात सय ५५ रुपैयाँमा कारोबार भईरहेको जनाईएको छ ।














प्रतिक्रिया