– विश्वास खड्काथोकी
अचेल मेरो देश रमाइलो छैन् । किनकी पाखा, पखेराहरु उजाड भएका छन्, सेतो दाँत देखाएर मुस्काइरहने हिमालहरु भुत जस्ता काला भएका छन्, कालो हिमालचुलि मुन्तिरबाट धमिलो पानी बगिरहेको छ । दश वर्षसम्म त त्यो पधेँरोमा पानी होइन रगत बग्यो ।
विकासको रेलमा दौडिरहेका केही खाडी मुलुकहरुको बालुवामा हामी नेपालीहरुले नै पसिना सिञ्चिएर पालुवा लगाइदिएका छौँ, उजाड मरुभूमिलाई हरियाली बनाएर तरकारी उमारिदिएका छौँ । दक्षिण कोरियाको खेतबारीमा पुगेर खच्चड भएका छौँ । कोरिया अहिले खरायोको गतिमा आर्थिक सम्बृद्धिको दिशातर्फ कुदिरहेको छ । त्यही कोरिया हो, १० वर्ष पहिले जहाँको अर्थतन्त्र धान्नको लागि हामीले अनुदान दिने गर्दथ्यौँ ।
हामी नेपालीहरु यति सस्ता भएका छौ कि ३०/४० हजारमा सजिलैसँग आफूलाई बेचिदिन्छौँ । आफ्नो दाजुभाई बिक्री गरेकोमा मेरो देशको सरकार गर्व गर्छ । हामी त यति अभागी रहेछौँ कि बेचिन पनि पैसा तिर्नुपर्ने, राहदानी विभाग अगाडि घण्टौँ लाइन बस्नुपर्ने । विश्वमा कुनै पनि यस्तो देश छैन, जसले आफ्नो नागरिकलाई विदेशमा पसिना बगाउन पठाउँछ र पसिनाको मूल्यले देश धनी बनाउँछ ।
















प्रतिक्रिया