८ कार्तिक २०८३, आइतबार

डिनर खाएर बैठक बस्दा पनि सहमति नजुटेपछि शीर्ष नेता बिहानैदेखि सिंहदरबारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncc-umlकाठमाडौँ, २८ पुस ।  नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु  संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासस्वरुप बैठकमा सहभागी भएका छन् ।

सिंहदरबारमा जारी बैठकमा उनीहरुले सोमाबार साँझसम्म सहमति गर्ने प्रयास गरेका छन् । सहमति जुटाउन अन्तिम पटकका लागि यही पुस २९ गतेसम्मको समयसीमा भएकाले दलहरु छलफलमा जुटेका हुन् ।

तर, अझै पनि दलहरु आ–आफ्नै अडानबाट टसमस नभएकाले सहमतिको सम्भावना क्षीण हुँदै गएको छ । सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि नेताहरु डिनर खाएर निस्किएका थिए ।

२९ गतेसम्म पनि सहमति नजुटे काँग्रेस र एमालेले प्रक्रियामा गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने चेतावनी दिएका छन् । यता विपक्षी दलले भने त्यसको प्रतिकार गर्ने तयारी गरेका छन् ।