८ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीको भ्यानलाई बसले ठक्कर दियो, तीन प्रहरी गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २८ पुस । सिरहामा सशस्त्र प्रहरीको गस्ती टोली चढेको भ्यानलाई बसले ठक्कर दिँदा तीन जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम सडकअन्तर्गत सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलमा गस्तीमा रहेको सशस्त्र प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानमा कार्यरत तीनजना सशस्त्र प्रहरी गम्भीर घाइते भएका हुन् ।

काठमाडौँबाट धरानका लागि हिँडेको ना.१ख ७०४४ नंको यात्रुवाहक रात्रि बसले सशस्त्र प्रहरी चढेको ना.१झ ६७९ नंको भ्यानलाई आज बिहान ६ बजे ठक्कर दिएको थियो ।

घाइते हुनेमा सुनसरीको धरान–३ टीका विक, सप्तरी रुपनगरका मानबहादुर श्रेष्ठ, भोजपुरका केशव पराजुली रहेका छन् । घाइते तीनैजनालाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।