काठमाडौँ, २७ पुस । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको पहलमा भएको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारमा आइतबार बसेको काँग्रेस, एमाले र एमाओवादीसहित अन्य सानाको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा संविधानका विवादित अन्तरवस्तुमध्ये राज्य पुनःसंरचनासम्बन्धी खासगरी प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कनका विषयमा दलहरुबीच विवाद भएको हो ।
बैठकपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आफू मोर्चाको भावनाविपरीत पनि सभापति डा भट्टराईको विशेष आग्रहमा बैठकमा सहभागी भएको जानकारी दिँदै दलहरुबीच विवादित विषयमा गम्भीररुपमा छलफल भएको बताउनुभयो ।
दुई तिहाईबाट जारी हुने संविधान दिगो नहुने भन्दै नेता गच्छदारले सर्बसम्मति नभए पनि अधिकतम् सहमतिका आधारमा मात्र संविधान जारी हुनुपर्ने धारणा राख्नुभयो ।
















प्रतिक्रिया