दाङ, २७ पुस । नेकपा माओवादीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ चयन हुनुभएको छ । दाङमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले आयोजक समितिका संयोजक चन्दलाई महासचिव चयन गरेको हो । उहाँको नेतृत्वमा ६५ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ ।
राष्ट्रिय सम्मेलनले पार्टीमा स्थायी, पोलिटब्यूरो, केन्द्रीय, क्षेत्रीय व्यूरो र जिल्ला समिति रहने संरचना पारित गरेको नेताहरुले बताएका छन् । उक्त पार्टीले संभवत आइतबार नै स्थायी समिति र पोलिटब्यूरो चयन गर्ने छ ।
जानकारी अनुसार उक्त पार्टीले ५८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सातजना पछि थप गर्ने नेकपा माओवादीले जानकारी दिएको छ ।
७ सदस्यीय स्थायी समिति र २१ सदस्यीय पोलिटव्यूरो चयन गर्ने तयारी नेकपा माओवादीले गरेको छ ।















प्रतिक्रिया