लमजुङ, २७ पुस । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जस्तासुकै अवरोधलाई छिचोलेर भए पनि माघ ८ मै संविधान जारी गर्ने चेतावनी दिनुभएको छ ।
लमजुङको भोर्लेटारमा इशानेश्वर उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्वसवको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले यस्तो चेतावनी दिनुभएको हो । उहाँले प्रतिपक्षी दलहरुका अवरोधले माघ ८ मा संविधान जारी गर्न नछेक्ने दाबी गर्नुभयो ।
उहाँले अब आगामी पुस २९ सम्म सहमतिका लागि प्रयास गर्ने सहमतिको प्रयास असफल भए प्रक्रियामा गएर संविधान जारी गर्ने ठोकुवा गर्नुभयो ।















प्रतिक्रिया