काठमाडौँ, २७ पुस । सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमति नजुटे पनि माघ ८ गते प्रक्रियाबाटै संविधान जारी गर्ने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको काँग्रेस र एमालेका शीर्ष नेताको बैठकले सकेसम्म सहमतिका लागि यही पुस २८ गतेभित्र पहल गर्ने अन्यथा संविधानसभा नियमावलीको प्रक्रियाका आधारमा दुई तिहाइबाट संविधान जारी गर्ने निष्कर्ष निकालेको हो ।
सहमति हुन नसकेको खण्डमा प्रक्रियाबाट तोकिएको समयभित्र संविधान जारी गराउन पहल गर्न दुई दलबीच समान मत रहेको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।
एमाओवादी र मधेशवादी दलहरुसँग काँग्रेस र एमाले आज पनि छलफलमा जुट्दैछन् ।
















प्रतिक्रिया