८ कार्तिक २०८३, आइतबार

दुई माओवादीको पश्चिम बन्दले सर्वसाधारणलाई सास्ती, परीक्षा समेत चल्न दिइएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २७ पुस । पश्चिम नेपालका जनता आइतबार दोहोरो बन्दको सास्ती खेप्न बाध्य भएका छन् ।  एमाओवादी नेतृत्वको मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले फरक–फरक बन्द आह्वान गर्दा जनजीवन कष्टकर भएको हो ।

केन्द्रीय कार्यक्रमअन्तर्गत आइतबार एमाओवादी र नेकपा–माओवादीले प्युठान र दाङसहित क्षेत्रमा बन्दको आह्वान गरेको छ ।

एमाओवादी मोर्चाले मगरात, तमुवान, किरात, खुम्बुवान र लिम्बुवान राज्यमा बन्दको आह्वान गरेको एमाओवादी केन्द्रीय सदस्य नवराज सुवेदीले बताउनुभयो ।

संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलले बहुमतको दम्भ देखाउन खोजेको र संविधान निर्माणमा सहमति गर्ने वातावरण हुँदाहुँदै पनि बहुमतको प्रक्रिया सुरु गर्न खोजेको भन्दै दबाबका लागि बन्द आह्वान गरिएको सुवेदीले बताउनुभयो ।

यता, प्युठान, दाङ र रोल्पासहित यस क्षेत्रमा मोहन वैद्य नेतृत्वको माओवादीले पनि बन्दको आह्वान गरेको छ । केन्द्रीय बन्द कार्यक्रम भोलि भए पनि यी जिल्लामा आज बन्द गरिएको नेकपा–माओवादी प्युठानका निवर्तमान सेक्रेटरी हरिबहादुर केसीले बताउनुभयो ।

बन्दका कारण विद्यार्थी र यात्रुलाई समस्या भएको छ । कक्षा ११ को परीक्षा चलिरहेको समयमा बन्दको आह्वान हँुदा केही स्थानमा परीक्षा नै स्थगित भएको छ ।

तर दाङको लमहीमा जारी रहेको महोत्सवलाई मध्यनजर गर्दै दाङ देउखुरी क्षेत्रमा भने बन्द नगरिएको नेकपा–माओवादी दाङका सेक्रेटरी सुवास पुनले जानकारी दिनुभयो । बन्दको प्रभाव वैद्यको गृह जिल्ला प्युठानमा धेरै परेको छ ।