८ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेले विपक्षीसँग आज अन्तिम वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatarकाठमाडौँ, २७ पुस ।  सत्ताको नेतृत्व गरिरहेका नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिका आइतबार विपक्षी मोर्चासँग  ‘निर्णायक’ वार्ता गर्ने बताएका छन् ।

संविधान निर्माणको समयसीमा नजिक आएको भन्दै उनीहरुले अब समहमतिका लागि समय बर्बाद नगर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तारुढ दल काँग्रेस र एमालेका शीर्ष नेताहरुको यस्तो निर्णयमा पुगेको एक नेताले जानकारी दिनुभयो ।

‘हामीसँग समय अब निक्कै थोरै छ,’ उहाँले भन्नुभयो, ‘आज पनि सहमति जुटेन भने काँग्रेस र एमाले प्रक्रियामा गएर संविधान जारी गर्ने तयारीमा जुट्ने छ ।’ ती दलहरुले विपक्षी दलहरुले लचकता नदेखाउदा सहमतिमा पुग्न नसकेको दाबी गरेका छन् ।

 यता एमाओवादीले नेतृत्व गरेको १९ दलीय मोर्चाले सहमति नभए २९ गते संविधानसभाको बैठक बस्न नदिने निष्कर्ष निकालेको छ ।