८ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेबीच सात देशमा राजदूत भागबण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौ, २७ पुस । सत्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच लामो समयदेखि रिक्त राजदूत नियुक्तिमा सहमति जुटेको छ ।

लामो समयदेखि राजदूत रिक्त रहेको देश छिमेकी भारतसहित अमेरिका, बेलायत, कतार लगायतका देशमा राजदूत नियुक्तिबारे काँग्रेस र एमालेबीच सहमति जुटेको स्रोतले बतायो । सात देशमध्ये काँग्रेसले चार र एमालेले तीनवटा देशमा राजदूत लिने सहमति भएको स्रोतको दाबी छ ।

सहमति अनुसार, भारत र बेलायतमा काँग्रेसले राजदूत पठाउनेछ भने अमेरिका र कतारमा एमालेले राजदूत पठाउने बताइएको छ ।

भारतका लागि काँग्रेस नेता दीपकुमार उपाध्याय चर्चामा छन् । अमेरिकाका लागि नेपालका राजदूतमा अन्तरिम सरकारका गृहमन्त्री माधव घिमिरेको चर्चा छ । यसैगरी, पूर्व सचिव डा गोविन्द कुसुम लगायतको पनि राजदूतमा चर्चा छ । मन्त्रिपरिषद्को आगामी बैठकमा राजदूत नियुक्तिको टुंगो लगाउने सरकारमा सहभागी एमालेका एक मन्त्रीले बताए ।