न्युजिल्याण्ड, २३ पुस । न्युजिल्याण्डमा एक विमान दुर्घटना भए पनि विमानमा सवार ७ जनाले भने हाम फालेर ज्यान बचाएका छन् । विमानमा खराबी आएपछि विमान चालकले उपयुक्त निर्णय लिई ७ जनाको ज्यान बचाएका हुन् ।
चालकले विमानमा खराबी आएपछि यात्रुहरुलाई प्यारासुटमार्फत् हामफाल्न लगाएका थिए ।
न्युजिल्याण्डबाट उत्तरी क्षेत्रतर्फ गइरहेको विमानको इन्जिनमा खराबी आएपछि विमान चालकले चालकदलका पाँच सदस्यसहित ७ यात्रुलाई हामफाल्न लगाइ ज्यान जोगाएको विभिन्न न्युज एजेन्सीहरुले खबर छापेका छन् ।
विमानमा सवार सबैले हामफालेपछि मात्र चालकले हामफालेका थिए । विमानका यात्रुहरु हामफालेको केहीबेरमै विमान दुर्घटनाग्रस्त भएको थियो । एजेन्सी













प्रतिक्रिया