वासिङ्टन, १९ पुस । अमेरिकाको केन्टकीको वनक्षेत्रमा शुक्रबार एक निजी विमान दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका चार व्यक्तिको मृत्युभएको तर सात वर्षीया एक बालिका जीवितै फेला परेको जानकारी प्रहरीले दिएको छ ।
स्थानीय बासिन्दाले टेलिफोनमा जानकारी दिएपछि प्रहरी दुर्घटनाप्रति सतर्क भएको उनीहरूको फेसबुकमा प्रकाशित विज्ञप्तिमा उल्लेखित छ ।
टेलिफोन गर्ने व्यक्तिले प्रहरीलाई सात वर्षीया एक बालिका हिँडेर उनको घरतर्फ गएको र उनी पनि विमान दुर्घटना परेको उनीहरूले देखेको केन्टकी राज्य प्रहरीका सर्जेन्ट डिन प्याटरसनले उक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यी बालिका तनावग्रस्त देखिएकी र उनलाई अस्पताल लैजाँदा उनको शरीरमा साना चोट रहेको बताइएको छ ।
आपत्कालीन सुरक्षाकर्मी घटनास्थलमा पुगेको र त्यहाँ सानो विमान दुर्घटनास्ग्रस्त अवस्थामा फेला पारेको बताइएको छ । अनुसन्धानकर्ताहरूले घटनास्थलमा चार व्यक्तिको शव फेला परेको बताएका छन् । उक्त विमानका चालक तथा बाँकी यात्रुको मृत्युभएको प्रहरीको फेसबुमा उल्लेख गरिएको छ । रासस÷एएफपी तस्वीरःडेली मेल (जहाज दुर्घटनामा बाँचेकी सात वर्षीय बालिका)














प्रतिक्रिया