२९ आश्विन २०८३, बिहिबार

इजिप्टका जेलमा रहेका अष्ट्रेलियाली पत्रकारद्वारा स्वदेश फिर्तीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रिस्बेन, १८ पुस । इजिप्टमा जेलमा रहेका अष्ट्रेलियाली पत्रकारले स्वदेश फिर्तीको माग गरेका छन् । उनले सोका लागि इजिप्ट सरकारसँग निवेदन दिएका छन् ।

इजिप्टको जेलमा रहेका अष्ट्रेलियाली पत्रकार पिटर ग्रेस्टले आफूलाई स्वदेश फिर्ता गरिदिन इजिप्टको सरकारसँग माग गरेका हुन् ।

उनीसहित अल जाजिराका तीन जना पत्रकार विगत एकवर्षभन्दा लामो समयदेखि जेलमा रहेका छन् । सोही कारण उनी र क्यानाडेली तथा इजिप्टका पत्रकारलाई त्यहाँ सात वर्षको जेल सजाय दिइएको छ ।

उनीहरुलाई सात र इजिप्टका पत्रकारलाई १० वर्षको जेल सजाय दिइएको छ । उनीहरुले इजिप्टको कानुनको विरोध गरेको र इजिप्टको अपमान गरेको भन्दै सो सजाय दिइएको हो ।

उनीहरुलाई अदालतले सुनुवाइको प्रक्रियामा राखेको छ । जसका कारण उनीहरुले आफूले अदालतबाट न्याय पाउने आशा गरेको बताएका छन् ।

ती अष्ट्रेलियाली पत्रकारले स्वदेश फिर्ता गरिदिन आफूले निवेदन दिएको उनका परिवारलाई उद्धृतगर्दै ब्रिस्बेनबाट प्राप्त समाचारमा जनाइएको छ ।

इजिप्टमा मोहम्मद मोर्सीका विरुद्धमा त्यहाँको सैनिक सरकारले सुरु गरेको आन्दोलनका क्रममा समाचार सङ्कलन गर्न गएका उनीहरुलाई देशको अपमान गरेको भन्दै इजिप्ट सरकारले पक्राउ गरी मुद्दा चलाएको हो ।

त्यसदेखि यता उनीहरु जेलमा नै रहेका छन् । जेलमा राखेर उनीहरुको सुनुवाई जारी राखिएको छ । रासस/एएफपी