२९ आश्विन २०८३, बिहिबार

बैंकमा फलाम धितो राखेर सुनको कर्जा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Paisa

काठमाडौं, १५ पुस । फलाम धितो राखेर सुन बराबरको कर्जा लिइ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन् ।

सुनुवारले सुनको लेप लगाइएको एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन् । पछि बैंकले शंका लागि छानबिन उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बैंकले नियन्त्रणमा लिई तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो । मिलेमतोको आशंकामा बैंकका कर्मचारी सगुन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ । जनता बैंक चाबहिल शाखाबाट उनले १६ पटक कर्जा लिएका थिए ।