काठमाडौँ, १५ पुस । कलर्स मोबाइलले ‘एक्स११३ प्लस क्वाड’ स्मार्टफोन बजारमा ल्याएको छ ।
क्वाडकोर प्रोसेसर भएको यो स्मार्टफोनमा एन्ड्रोइड ४.४.२ किटक्याट ओएस सिस्टम रहेको छ । १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर भएको यो फोनमा एकै पटक फरक–फरक काम गर्दा हृयाङ लगायत ढिलासुस्ती हुने समस्याहरु नआउने कम्पनीको दाबी छ ।
८५४×४८० पिक्सेल सपोर्ट गर्ने ४.५ इन्चको एफडब्लुभीजीए आइपीएस स्क्रिन भएको यस स्मार्टफोनमा कुनै पनि भिडियो वा तस्बिर उत्कृष्ट देखिन्छ । ५ मेगा पिक्सलको क्यामेराले अति उज्यालो वा अँध्यारो ठाउँमा पनि उत्कृष्ट तस्विर निकाल्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको अगाडी ०.३ मेगा पिक्सल क्यामेरा जडान गरिएको छ ।
४ जिबी रोम र ५१२ एमबी र्याम, १६०० यमएयच ब्याट्रिलगायत एफएम रेडियो, अडियो भिडियो प्ल्येर, जिपिएस, वाइफाई र जी–सेन्सर लगायतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् ।
यस स्मार्टफोनको मूल्य १० हजार ५ सय ५० रुपैया तोकिएको छ । कलर्स मोबाइल नेपालमा टेलिटक कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।















प्रतिक्रिया