२९ आश्विन २०८३, बिहिबार

दश हजार भन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्न अर्थ समितिको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Jwalaकाठमाडौँ, ११ पुस । व्यवस्थापिका–संसद, अर्थ समितिको शुक्रबारको बैठकले व्यापारिक प्रयोजनका लागि नेपालमा आयात हुने माल वस्तुहरुमा रु. दश हजार भन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गराउने व्यवस्था गर्न नेपाल सरकार, अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी न्यून विजकीकरणबाट हुने राजश्व छली नियन्त्रण गर्न स्थायी प्रकृतिको अनुगमन संयन्त्र तयार गर्ने, अनुगमनलाई अझै व्यवस्थित बनाउने र न्यून विजकीकरण गर्नेलाई कानूनी कारबाही गर्ने निर्देशन नेपाल सरकार, अर्थ मन्त्रालयलाई दिने निर्णय बैठकले गरेको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

‘राजश्व असुलीलाई सरलीकृत, व्यवस्थित र पारदर्शी बनाउन सम्पूर्ण कार्य बैंक मार्फत  गर्ने व्यवस्था गर्ने र कर असुलीलाई क्रेडिट कार्ड मार्फत् गर्ने प्रक्रिया अगाडी बढाउन इलेक्ट्रोनिक प्रविधिको विकास गर्न नेपाल सरकार, अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भइएको छ,’ ज्वालाले भन्नुभयो, ‘हालै स्थापना भएको रसुवा गढी भन्सार नाकामा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिने निर्णय भएको छ ।’