२९ आश्विन २०८३, बिहिबार

टप फाइब मोबाइलको क्रिशमस अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top-fiveकाठमाडौँ, ९ पुस । न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेको टप फाइब मोबाइल्स प्रालिले क्रिशमस र अंग्रेजी नयाँबर्षको अबसरमा बिशेष छुट र हातखाली नजाने अफर ल्याएको छ ।

सोनीइरिक्सनको सर्भिस सेन्टरबाट ख्याती कमाएकाृ टप फाइव मोबाइल्सले यो अफर संगै  केहि मोडलहरुमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको जनाएको छ ।

सोनी कम्पनीको जेड अल्ट्रा, एक्सपेरिया इ, एलजीको इ ४०० र एल वान डि वान र जिप्रोलाइटमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको टप फाइव मोवाइल्सकी मार्केटिङ मेनेजर समा श्रेष्ठले जानकारी दिइन ।  क्रिशमसको अबसर पारी ल्याइएको यो योजना अंग्रेजी नयाँ बर्ष सम्म लागु हुने छ ।

बिश्वबजारमामा उपलब्ध महंगा सेटहरु सोनीको जेड ३, सामसुङ नोट ४, सामासुङ अल्फा, एलजीको जि थ्रि लगायत हुआवे,  बिक्यु,  कलर्स, कार्बन, जियोनी, लाभा, इन्टेक्स, अल्काटेलका  बिभिन्न मोडलहरु अफर अन्तर्गत बिशेष छुटमा बिक्री गरिने टप फाइभ मोबाइल्स प्रालिले जनाएको छ ।

क्रिशमस को अबसर पारेर टप फाइब मोबाइलले हात खाली नजाने उपहारको पनि ब्यबस्था गरेको छ । यस उपहार योजना अन्तर्गत १ सय ५० रुपैयाँ देखि १० हजार ५ सय रुपैयाँ सम्मका उपहार राखेको प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए ।

यो योजना सँगै टप फाइवले एक्सचेन्ज अफरको योजना पनि ल्याएको राइले जानकारी दिए ।  यो योजना ताम्राकार कम्प्लेक्सस्थित टप फाइब मोबाइल्स पसल नं १२, सिटिभी मोबाइल र चाबहिल केएल टावरस्थित पसल नं एफ २८ मा रहेको सिटिभी लिंक इलोक्ट्रोनिक्समा मोबाइल खरिद गर्नुपर्नेछ । यो योजना अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी सम्म लागू हुने जनाएको छ ।