१ कार्तिक २०८३, शनिबार

मलेसियामा कार्यरत इलामका राम लिम्बूको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ ।

वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिकलगायतका कारण  गत शुक्रबार मृत्यु भएको उहाँका काका कृष्णले जानकारी दिनुभयो ।

मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् ।

तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै आएका थिए ।