२९ आश्विन २०८३, बिहिबार

सार्वजनिक यातायातको भाडा सरकारले एक रुपैयाँ घटायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय बुधबारदेखि लागू भएको छ ।

सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर एक प्रतिशत घटाउने सरकारको निर्णय बुधबारदेखि लागू भएको हो ।

सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म भाडा घटाएको छ ।

नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ ।