भद्रपुर ५ पुस । पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले भद्रपुर विमानस्थललाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्ने बताउँदै राति पनि उडान गर्नसक्ने गरी आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी गराउनुभएको छ ।
भद्रपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले सो विमानस्थलमा रातको समयमा पनि जहाजलाई तेल भर्नसक्ने तथा आवश्यक उज्यालोको व्यवस्था एक्सरे मेसिन, भवनको मर्मतसम्भार गरी छिटै रात्रिकालीन उडान सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।
एक प्रसङ्गमा मन्त्री अमात्यले नयाँ संविधान तोकिएकै समयमा जारी गर्न राजनीतिक दलहरुबीच गम्भीर छलफल भएको बताउँदै निर्धारित मितिमै संविधान आउने कुरामा शङ्का नगर्न आग्रह गर्नुभयो ।















प्रतिक्रिया