भक्तपुर, ५ पुुस । पालुङ बचत तथा ऋण सहकारी डुवाएर बचतकर्ताको लाखौँ रुपैयाँ हिनामिना गरेका मकवानपुरका आस्मिर बस्नेत भक्तपुरबाट शनिबार पक्राउ परेका छन् ।
बस्नेतलाई पीडितहरुले नै पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग ठिमीमा लगेर बुझाएका हुन् ।
उनलाई मकवानपुर अदालतले करिब तीन वर्ष अघि ३२ लाख ९३ हजार जरिमाना त्यति नै विगो र तीन वर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि वेपत्ता रहेका उनलाई पक्राउ गर्न सफल भएको पीडितहरुले बताएका छन् । आस्मिर पालुङ बचत तथा ऋण सहकारीका सचिव हुन् ।
उनका दाजु रामबहादुर पनि अहिले फरार छन् । उनी पालुङ बचत तथा ऋण सहकारी पालुङ र परिदृष्य ऋण तथा बचत सहकारीका अध्यक्ष हुन् ।















प्रतिक्रिया