६ कार्तिक २०८३, शुक्रबार

सांसदको दुर्घटनाबारे छानबिन समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-khadka-mirtu-accidentकाठमाडौं, २२ मंसिर । सरकारले आइतबार साँझ  निधन भएका बागलुङ क्षेत्र नं १ का सांसद हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न एक समिति गठन गरेको छ ।

नायब महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा आज गठित तीन सदस्यीय छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी रहेका छन् ।

समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्ने पनि बताइएको छ ।

सांसद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गर्न लागेको महायज्ञको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएपछि तत्कालै हवाई मार्गबाट राजधानी ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।