६ कार्तिक २०८३, शुक्रबार

बाँदिकोटमा खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniप्युठान, २२ मंसिर । बाढीपहिरोले बगाएका खानेपानी आयोजनाहरु पुनः निर्माण नहुँदा प्युठानको बाँदिकोट गाविसका स्थानीय खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।

२०७० वैशाख ६ गते आएको बाढीपहिरोले गाविसको वडा नं २ देखि ६ सम्मका सातवटा खानेपानी आयोजना बगाएको र हालसम्म संरचना पुनः निर्माण नहँुदा खोलाको दूषित पानी पिउन बाध्य भएको स्थानीय पितबहादुर एमसीले बताउनुभयो ।

“पानी आयोजना नबन्दा खोलाको पानीको विकल्प छैन”–उहाँले भन्नुभयो–“तत्कालीन समयमा करोडौँको क्षति भए पनि हालसम्म त्यसको निर्माण कार्य भएको छैन ।”

तत्कालीन समयमा खानेपनी तथा सरसफाइ डिभिजन कार्यालयले सातवटा खानेपानीका संरचना बाढीले बगाँउदा एक करोडभन्दा धेरैको क्षति भएको मूल्याङ्कन गरे पनि हालसम्म आर्थिक अनुदान र बगाएका संरचना निर्माणमा कसैले सहयोग नगरेको स्थानीय नोजबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पटक–पटक सम्बन्धित निकायमा आयोजनाको पुनः निर्माणका लागि आग्रह गरे पनि वास्ता गर्दैन ।”

गाविस प्राविधिक लीलामणि पोख्रेलले जिल्लाबाट बजेट नदिएसम्म आफूहरुले समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

खानेपानी समस्याले गर्दा अहिले स्थानीय बासिन्दा डुडखोलाको पानी पिउन बाध्य छन् । खोलाको दूषित पानीका कारण स्थानीयमा अहिले आँउ, रुघाँखोकीजस्ता  समस्या देखिन थालेको छ ।