६ कार्तिक २०८३, शुक्रबार

इलाममा एकै दिन दुईजनाले आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २२ मंसिर । आत्महत्या दिनप्रतिदिन बढ्दै गइरहेको इलाममा थप दुईजनाले छुट्टाछुट्टै स्थानमा झुन्डिएर आत्महत्या गरेका छन् ।

इलामको साँखेजुङ–२ का ४० वर्षीयका घनश्याम गुरुङले झुन्डिएर आत्महत्या गरेका हुन् ।

बेलुका खाना खाएर सुत्न गएका उनी बिहान खन्युको बोटमा सनपाटको डोरीले झुन्डिएर आत्महत्या गरेका हुन् ।

दानाबारी–१ की ३४ वर्षीया लक्ष्मी शिवा दर्जीले आफ्नै घरको आफू सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरिन् ।

स्थानीय हरिबहादुर दर्जीसँग तीन महिनाअघि मात्र खोटाङबाट विवाह गरेर आएकी लक्ष्मीको आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि मात्र गोदक–३ की ८० वर्षीया दिलमाया मगरले घरनजिकैको अम्बकको बोटमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

योसँगै चालु आवमा आत्महत्या गर्नेको सङ्ख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

“आत्महत्या गर्ने क्रम इलाममा घट्ने भन्दा बढ्ने क्रममा रहेको देखिन्छ”–जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले भन्नुभयो–“सानोतिनो कुरालाई लिएर ज्यान बर्बादमा पार्ने धेरै छन् ।”

इलाममा गत वर्ष ८० जनाले आत्महत्या गरेका थिए ।

आत्महत्यामा सबै उमेर समूहका रहेको प्रहरी कार्यालयको मुद्दा फाँटले जनाएको छ ।