पाँचथर, २१ मंसिर । गाई र गोरुको अवैध तस्करी बढेपछि ग्रामीण क्षेत्रमा जोत्नका लागि गोरुको अभाव हुन थालेको छ ।
पाँचथरलाई विन्दु बनाएर तस्करले तेह्रथुम र ताप्लेजुङ क्षेत्रबाट ल्याइएका गाई र गोरु रवि–लारुम्वा हुँदै खुदुनावारीको बाटो हुँदै लैजाने गरेका हुन् ।
लामो समयदेखि गाईगोरु लैजाँदै आएका माङजाबुङका धनकुमार लिम्बूले भन्नुभयो–“हामी झन्डै १५ वर्षदेखि यहीँ पेसामा आबद्ध छाँ, यता नेपाली रुपैयाँमा लगेको गाईगोरु उता भने त्यहीँ मूल्यको भारतीय रकम दिँदा हामीलाई फाइदा हुने गरेकोले यो पेसा अपनाएको हुँ ।”















प्रतिक्रिया