रौतहट, २० मंसिर । केही दिनदेखि रौतहट जिल्ला चलेको शीतलहरबाट एक जनाको मृत्यु भएको छ ।
लक्ष्मीनिया गाविस–२ मुसहरी टोलका ५० वर्षीय भोलामाझी मुसहरको गएराति मृत्यु भएको हो ।
खाना खाई घरमा सुतेका माझीको चिसोका कारण मृत्यु भएको थियो ।
चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय समाजसेवी विजय यादवले बताए । पछिल्लो तीनदिनदेखि रौतहट जिल्लामा शीतलहर सुरु भएको छ ।
शीतलहरले स्थानीयको जनजीवन प्रभावित भएको छ ।















प्रतिक्रिया