६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस र एमालेले रोल्पाको पाँच बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmendra bastola
काठमाडौं, २० मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य धमेन्द्र बास्तोलाले तत्कालीन संसदवादी र माओवादीबीच भएका पाँच बुँदे सहमतिले मात्र देशलाई निकास दिने बताए ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता बास्तोलाले रोल्पामा भएको सहमति कार्यान्वयन भएमात्रै मुलुकले निकास पाउने बताए ।

‘जनयुद्धकालमा तत्कालीन संसदवादी र माओवादीबीच रोल्पामा भएको पाँच बुँदे सहमतिबाट कांग्रेस–एमाले पछिहटेकाले देशले निकास पाएको छैन’, उनले भने, ‘यदि कांग्रेस र एमालेले सम्झौता कार्यान्वयन गरे सहमति हुन्छ ।’

उनले जनयुद्ध, जनआन्दोलन र सबै क्षेत्रका जनता तथा वर्गको चाहनाविरुद्धमा संविधान ल्याउन षड्यन्त्र भइरहेको आरोप लगाए ।