६ कार्तिक २०८३, शुक्रबार

त्रिनारीरत्नको मूर्ति स्थापना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SR-Ktm Trinariकाठमाडौं, २० मंसिर । त्रिमूर्ति निकेतनद्वारा गठित ‘त्रिनारीरत्न स्मारक’ले पूर्णता पाएको छ ।

स्मारकका अध्यक्षमा मोदनाथ प्रश्रित, उपाध्यक्षमा प्रा डा गार्गी शर्मा, सदस्यसचिवमा नरेन्द्रराज प्रसाई तथा सदस्यमा रामबाबु प्रसाईँ, ताना गौतम, तुलसा गौतम, नरहरि आचार्य, भद्रकुमारी घले, भरतमोहन अधिकारी, मनीषा कोइराला र सुनीता कार्की रहेका छन् ।

शारदाकालीन कवि प्रेमराजेश्वरी थापा(१९७२–२०५८) र गोमा (१९८२– २०५९) तथा प्रगतिवादी साहित्यकार पारिजात (१९९४–२०५०)को मूर्ति स्थापना तथा नइत्रिमूर्ति सभागृह निर्माणको काम स्मारकले गर्ने छ ।

थापाका ‘अनुभूति’ र ‘तिम्रो याद वर्षा ’कवितासङ्ग्रह, गोमाका डेढ दर्जन तथा पारिजातका ‘शिरीषको फूल’ उपन्यासलगायत करिब दुई दर्जन कृति प्रकाशित छन् ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नइ प्रकाशनको संयोजनमा त्रिमूर्ति निकेतनले काम गर्ने गरी आगामी २०७१–७२ मा त्रिनारी रत्न स्मारक स्थापना तथा सभागृह निर्माण गर्ने निर्णय गरेको हो ।

त्रिनारीको छ छ फिटको ढलोटको मूर्ति ओम खत्रीबाट तयार भइसकेको छ ।

यसअघि त्रिमूर्ति निकेतनद्वारा नै कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा (त्रिमूर्ति) सञ्चारग्राम समिपमा स्थापना भइसकेको छ ।

स्मारकले त्रिनारीको मूर्ति काठमाडौं उपत्यकामा स्थापनाका लागि सरकारसँग जग्गा माग गरेको छ ।

सभागृहका लागि भने त्रिमूर्ति निकेतन, नइ प्रकाशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद् एवं जनस्तरबाट रकम उठिसकेको तथा त्यसमा विदेशीले पनि सहयोग गर्ने वचन दिएको सदस्यसचिव प्रसाईँले जानकारी दिए ।

सभागृह भने साहित्यिक र सांंस्कृतिक कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।