हेटौँडा, २० मंसिर । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १२ गाविसमा स्थानीय कृषकले लगाएको अवैध गाँजा र अफिमखेती प्रहरीको विशेष टोलीले आज बिहान नष्ट गरेको छ ।
एक सय ७० बिघामा लगाइएको गाँजा र १० कट्ठामा लगाएको अफिमको बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ती गाविसमा लगाइएको गाँजा र अफिम नष्ट गर्न विभिन्न प्रहरीका १० टोली यही मंसिर मसान्तसम्ममा खटाइएको नायब उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।















प्रतिक्रिया