६ कार्तिक २०८३, शुक्रबार

कक्षा पाँचमा अध्ययनरत किशोरीको विवाहमा रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marrige Handविराटनगर, २० मंसिर । मोरङको मोतीपुर–३ मा शुक्रबार हुन लागेको एउटा विवाह सरोकार भएकाहरुको पहलमा रोकिएको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १७ वर्षीया  किशोरीको विवाह रोकिएको हो ।

ती किशोरीकी पिताको मृत्यु भइसकेको र आर्थिक अवस्था अत्यन्त दयनीय रहेको अवस्थामा सुनसरी दुहवी सोनापुरका २० वर्षीय युवक वासुदेव झासँग गए राति विवाह हुने तय भएको थियो ।

स्थानीय बाल क्लब सञ्जालका सदस्यले दिएको सूचनाका आधारमा पुगेको प्रहरीसहित सरोकार भएकाहरुको समूहले बेहुलीको उमेर नपुगेको भन्दै विवाहमा रोक लगाएको हो  ।