६ कार्तिक २०८३, शुक्रबार

संविधानसभाका विवादित विषयमा समान धारणा बनाउन महराको नेतृत्मा कार्य दल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । एमाओवादी नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने २० राजनीतिक दलको मोर्चाले संविधानसभाका विवादित विषयमा समान धारणा बनाउनका लागि कार्यदल बनाएका छन् ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको संयुक्त बैठकले एमाओवादीका महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा बनाएको हो ।

कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद्  प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य रहनुभएको छ ।

कार्यदलले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि समान धारणा बनाउने र एकीकृत रुपमा अगाडि बढ्ने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

कार्यदललाई संविधानका विवादित विषयमा समान धारणा बनाउने अख्तियारी प्रदान गरिएको छ । दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना,निर्वाचन र  न्याय प्रणालीलगायत विषयमा विवाद रहँदै आएको छ ।

विवादित विषयमा दलले लामो समयदेखि छलफल गर्दै आए पनि हालसम्म कुनै पनि सहमति हुन सकेको छैन । विवादित विषयमा सहमति नहुँदा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले हालसम्म संविधानसभामा प्रतिवेदनसमेत पठाउन सकेको छैन ।

प्रमुख दलका शीर्ष नेताले संवाद समितिका सभापति डा बाबुराम भट्टराईलाई कस्तो प्रतिवेदन पठाउने भन्ने विषयमा स्वविवेक प्रयोग गर्ने अख्तियारी दिएका छन् ।

बीस दलीय मोर्चाले समान धारणा तयार पारे नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतले पेस गरेको प्रतिवेदनका सम्बन्धमा छलफल गर्न सहज हुने जनाइएको छ ।

बहस सरल र सहज बनाउनका लागि साझा धारणा बनाउन लागिएको नेता सिंहले जानकारी दिनुभयो । सत्तारुढ दलका तर्फबाट गत कात्तिकमा नैसंवाद समितिमा साझा अवधारणा पेस भइसकेको छ । रासस